Kathmandu Press

रोहितको शतकका बाबजुद नेपाल युएईसँग पराजित

बिहीबार भएको सिरिजको दोस्रो खेलमा कप्तान रोहितकुमार पौडेलले शतक प्रहार गरेपनि नेपाल युएईसँग ५ विकेटले पराजित भयो।
रोहितको शतकका बाबजुद नेपाल युएईसँग पराजित

काठमाडाैं, कात्तिक १३ : आईसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले लागतार दोस्रो हार व्यहोरेको छ। 

बिहीबार भएको सिरिजको दोस्रो खेलमा कप्तान रोहितकुमार पौडेलले शतक प्रहार गरेपनि नेपाल युएईसँग ५ विकेटले पराजित भयो। यसअघि नेपाल अमेरिकासँग १०६ रनको फराकिलो अन्तरले पराजित भयो। 

Hardik ivf

नेपालले दिएको २३४ रनका मध्यम लक्ष्य युएईले ४३.३ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। उसका लागि युवा ओपनर आर्यन्स शर्माले ९८ बलमा १० चौका र ३ छक्का मद्दता ९८ रन नै बनाए। अलिसान सरफुले २६ बलमा ६ चौका र ३ छक्का मद्दतमा ४५ रन बनाउँदा मोहम्मद वासिमले २६, ध्रुब परासरले १६ र कप्तान राहुल चोपराले १५ रन बनाए। 

बलिङमा नेपालका सन्दीप लामिछानेले २ विकेट लिँदा करण केसी र दीपेन्द्रसिंह उैरीले समान १ विकेट लिए। 

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले रोहितको शतक मद्दतमा अन्तिम बलमा अलआउट हुँदै २३३ रन बनाएको थियो। एकदिवसीय दोस्रो शतक प्रहार गर्ने क्रममा उलने १३० बलमा ५ चौका र २ छक्का प्रहार गरे।

यस्तै, आसिफ सेखले ४८ बलमा ३५ रन बनाउँदा आरिफ सेखले २७ दीपेन्द्रसिंह ऐरीले २३ र करण केसीले १३ रन बनाए। अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। बलिङमा युएईका जाहिद अलीले ४ तथा जुनैद सिद्धिकीले ३ विकेट लिए।

यो हारपछि नेपाल लिग–२ को अंकतालिकमा १८ खेलमा १२ अंकसहित सातौं स्थानमा छ भने युएई समान खेलबाट ८ अंकसहित पुछारमा छ। ३२ अंकसहित अमेरिका शीर्ष स्थानमा रहँदा ३० अंक जोडेको स्कटल्यान्ड दोस्रो  स्थानमा छ।

अब नेपालले शनिबार अमेरिकासँग खेल्ने छ।

प्रकाशित मिति: १९:०७ बजे, बिहीबार, कात्तिक १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्