Kathmandu Press

कैलालीमा ब्राउनसुगरसहित दुई पक्राउ

धनगढी, जेठ ४ : कैलालीमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले धनगढी उपमहानगरपालिका–६ बिजुलीयाका सुरज चौधरी र ११ बेलाका अर्ज....

कैलालीमा ब्राउनसुगरसहित दुई पक्राउ
Hardik ivf

धनगढी, जेठ ४ : कैलालीमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले धनगढी उपमहानगरपालिका–६ बिजुलीयाका सुरज चौधरी र ११ बेलाका अर्जुन चौधरीलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट पाँच पोका ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए। उनले सुरजकै घरमा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा उनको घरमा खानतलासी गर्दा बाकसमा लुकाएर राखेको अवस्थामा ब्राउन सुगर फेला परेको बताए।

प्रकाशित मिति: १३:२० बजे, आइतबार, जेठ ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्