कञ्चनपुरमा क्वारेन्टाइन अवधि पूरा गरी ६२३ जना घर फर्किए
कञ्चनपुर, जेठ ४ : कञ्चनपुरमा बन्दाबन्दीका बेला भारतबाट आएका ६२३ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता भएका छन्। भारतबाट फर्केकाहरु जिल्लाका नौवटै स....

कञ्चनपुर, जेठ ४ : कञ्चनपुरमा बन्दाबन्दीका बेला भारतबाट आएका ६२३ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता भएका छन्। भारतबाट फर्केकाहरु जिल्लाका नौवटै स्थानीय तहमा रहेका क्वारेन्टाइनमा १४ देखि २१ दिनसम्म बसेर घर फिर्ता भएका हुन्।
क्वारेन्टाइनमा बस्दा खानपानको सम्पूर्ण व्यवस्था स्थानीय तहले मिलाएका थिए। क्वारेन्टाइनमा बस्नका लागि आउँदा सामान्य स्वास्थ्य जाँच गरिएकालाई आरडिटी परीक्षणपश्चात घर फिर्ता गरिएको छ। आरडिटीको नतिजा सबैको नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णनन्द जोशीका अनुसार क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता हुनेमा भीमदत्त नगरपालिकामा १४५, महाकाली नगरपालिकामा २२, वेदकोट नगरपालिकामा ३६, शुक्लाफाँटा नगरपालिकामा ४२, कृष्णपुर नगरपालिकामा ३४, पुर्नवास नगरपालिकामा ३४, बेलौरी नगरपालिकामा १२०, लालझाडी गाउँपालिकामा १४६ र बेलडाँडी गाउँपालिकामा ३० जना छन्।
कञ्चनपुरमा भारतलगायत अन्य देशबाट फर्केका पाँच हजार ८८२ जना रहेका छन् । विदेशबाट फर्केका सबैको स्वास्थ्य जाँच गरिएको छ। हालसम्म दैनिक मजदुरी गरी जीवन निर्वाह गर्ने २७ हजार २६५ जनालाई स्थानीय तहले राहत सामग्री उपलब्ध गराएका छन्।









-(86)-1764936079.jpg)


-1764760320.jpg)