सुनको मूल्य तोलामा २ हजार घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेको हो।
काठमाडौं, कात्तिक १० : नेपाली बजारमा सुनको भाउ सोमबार घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेको हो।
आज सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ। आइतबार सुन २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी आज प्रतितोला ३५ रुपैयाँले घटेको हो। आइतबार ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज २९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १३:१५ बजे, सोमबार, कात्तिक १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
