Kathmandu Press

सर्लाहीमा ३१ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला थाना बेला पिपरा ग्राम मुझैलियाका ईजरायल अन्सारी रहेका छन्। उनी पोकामा राखेको गाँजा भारततर्फ लैजाँदै गर्दा नियन्त्रणमा लिइएका थिए।
सर्लाहीमा ३१ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

सर्लाही, कात्तिक १ : सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुरस्थित इलाका प्रहरी कार्यालयले सीमा निगरानीका क्रममा ३१ केजी गाँजा सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला थाना बेला पिपरा ग्राम मुझैलियाका ईजरायल अन्सारी रहेका छन्। उनी पोकामा राखेको गाँजा भारततर्फ लैजाँदै गर्दा नियन्त्रणमा लिइएका थिए।

Hardik ivf

ईलाका प्रहरी कार्यालय संग्रामपुरका इन्चार्ज अजय बहादुर क्षेत्रीको नेतृत्वमा भएको निगरानी र सक्रिय ड्युटीका कारण छोटो समयमा तीन जना चोरीमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् । यसै क्रममा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको किराना सामान भन्सारमा बुझाइएको छ।

स्थानीयवासीले पनि क्षेत्रीको कडा निगरानी र जिम्मेवार कार्यशैलीले चोरी तथा तस्करी नियन्त्रणमा प्रभाव परेको बताएका छन् । ‘अब हामी साँच्चै सुरक्षित महसुस गर्छौं । क्षेत्री जस्ता इन्चार्ज आएपछि अपराधीहरू पनि सतर्क हुन थालेका छन्,’ एक स्थानीयले बताए।

संग्रामपुरमा भएको यस पक्राउ र सक्रिय निगरानीले सुरक्षामा नयाँ अध्याय सुरु गरेको स्थानीयवासीहरूले बताएका छन्।

 

प्रकाशित मिति: ०७:४० बजे, शनिबार, कात्तिक १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्