ताेलामा ७१ सय बढ्याे सुनकाे मूल्य, दैनिक रेकर्ड

काठमाडौं, असाेज ३१ : नेपाली बजारमा शुक्रबार सुनको मूल्य ७ हजार १ सयले बढेर नयाँ रेर्कड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(शुक्रबार) सुन प्रतितोला २ लाख ५८ हजार कायम भएको छ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी ७५ रुपैयाँले बढी ३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी ३ हजार २ सय ७५ रुपैयाँमा कारोवार भइरहेको थियो।
प्रकाशित मिति: १२:०१ बजे, शुक्रबार, असोज ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
