Kathmandu Press

फेरी बढ्यो सुनको मूल्य, चाँदी घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ ।
फेरी बढ्यो सुनको मूल्य, चाँदी घट्यो
Hardik ivf

काठमाडौं, असोज २९ : नेपाली बजारमा सुनको मूल्यले नयाँ रेर्कड ब्रेक बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ ।

आज सुनको मूल्य एकैचोटी ४ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो । 
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । 

आज चाँदी तोलामा ८५ रुपैयाँले घटेर ३२ सय ४० रुपैयाँ कारोवार भैइरहेको छ । महासंघका अनुसार मंगलबार चाँदी  तोलामा ३३ सय २५ रुपैयाँमा कारोवार भएको थियो ।  
 

प्रकाशित मिति: १३:२३ बजे, बुधबार, असोज २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्