Kathmandu Press

तोलामा ४२ सय घट्यो सुनको मूल्य

बिहीबार रेर्कडब्रेक गर्दै हाल सम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आजप्रतितोला ४ हजार २ सय रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ।
तोलामा ४२ सय घट्यो सुनको मूल्य

काठमाडौं, असोज २४ : नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहीबार रेर्कडब्रेक गर्दै हाल सम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज (शुक्रबार) प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ।

बिहीवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको थियो। पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य निरन्तर रुपमा बढीरहेको छ।

आज चाँदीको मूल्यभने बढेको छ। बिहीबार तीन हजार २५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य आज तीन हजार ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

प्रकाशित मिति: १२:०३ बजे, शुक्रबार, असोज २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्