नेपथ्यले दुबईमा कन्सर्ट गर्ने
काठमाडौं, फागुन २४ : नेपथ्यले अर्को साता दुबईकाे अल नासर लेजर ल्यान्डमा कन्सर्ट गर्ने भएको छ ।
आगामी मार्च १५ तारिखमा कन्सर्ट गर्न लागेको ने....
काठमाडौं, फागुन २४ : नेपथ्यले अर्को साता दुबईकाे अल नासर लेजर ल्यान्डमा कन्सर्ट गर्ने भएको छ ।
आगामी मार्च १५ तारिखमा कन्सर्ट गर्न लागेको नेपथ्यले जनाएको छ । दुबईमा नेपथ्यको यो दोश्रो प्रस्तुति हुने छ । ०७२ को भूकम्प लगत्तै दुबईमा आयोजनाका गरेको कन्सर्टलाई नेपथ्यले ‘राष्ट्रिय सन्तापको संगीत’ का रुपमा लिएको थियो । त्यो कन्सर्टबाट संकलन भएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरेको थियो ।
‘आइस स्केटिङ खेलिने त्यसै मैदानमा प्रस्तुत हुनेगरि यसपटक फेरि पुरै जोश र जाँगरका साथ दुबई आउँदैछौं,’ नेपथ्यका मुख्य गायक अमृत गुरुङले भने, ‘स्रोता–दर्शकलाई नचाउने रमाइला गीतहरु यसपटक प्राथमिकतामा परेका छन् ।’
दुबईमा बस्ने नेपाली युवाले कन्सर्ट आयोजना गर्न लागेका हु । नेपथ्यलाई फेरी दुबईमा स्वागत गर्न पाउदा खुशी लागेको आयोजकमध्येकै मोहन लिम्बुले बताए ।












