Kathmandu Press

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, वार्षिक साधारणसभा कात्तिक १२ गते

बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसहित) र ६ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, वार्षिक साधारणसभा कात्तिक १२ गते

काठमाडौं, असोज २३ : एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (असोज २३ गते) अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनका लागि असोज २४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो।

यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्रै बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।

Hardik ivf

बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसहित) र ६ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

एभरेष्ट बैंकले आगामी कात्तिक १२ गते बुधबार, काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा आफ्नो ३१औं वार्षिक साधारणसभा आयोजना गर्ने तयारी गरेको छ । सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि शेयरधनीहरूलाई वितरण गरिनेछ।

 

प्रकाशित मिति: ११:०७ बजे, बिहीबार, असोज २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्