फौजदारी कसुरमाथि अनुसन्धानका लागि जाँचबुझ प्रतिवेदन नकुर्न आयोगको सुझाव
आयोगका तर्फबाट मंगलबार एक विज्ञप्ति जारी गर्दै गत ९ असोजको गृहमन्त्रालयको विज्ञप्तिमा ध्यानाकर्षण भएको बताइएको छ।
काठमाडौं, असोज २१ : जेन–जी प्रदर्शनमा भएको दमन, आगजनी, तोडफोड र लुटपाटको बिषयमा जाँचबुझ गर्न गठित आयोगले फौजदारी कसुरमाथि अनुसन्धान गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने बताएको छ।
आयोगका तर्फबाट मंगलबार एक विज्ञप्ति जारी गर्दै गत ९ असोजको गृहमन्त्रालयको विज्ञप्तिमा ध्यानाकर्षण भएको बताइएको छ। यसअघि गृहमन्त्रालयले जाँचबुझ आयोगले काम अघि बढाइसकेकाले भदौ २३ र २४ को घटनावारे तत्काल अनुसन्धान अघि नबढाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको थियो।
आयोगको मंगलबारको विज्ञप्तिमा नियमित फौजदारी अनुसन्धान र कारवाहीका लागि आयोगको प्रतिवेदन नपर्खन सरकारलाई सुझाव दिइएको छ।
आयोगकातर्फबाट सदस्य विज्ञानराज शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘फौजदारी कसूरमा संलग्न जोकोहीलाइ नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ ।’










![सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै नेपाल प्रहरी [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-4_5ac93181-1777097814.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)
