Kathmandu Press

ओली र लेखकविरुद्धको जाहेरीलाई प्रहरी परिसरले जाँचबुझ आयोगमा पठायो

जेनजी आन्दोलनका मृतकका परिवारले दिएको जाहेरीलाई गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाइएको हो।
ओली र लेखकविरुद्धको जाहेरीलाई प्रहरी परिसरले जाँचबुझ आयोगमा पठायो

काठमाडौं, असोज २१ : जेन–जी आन्दोलनका क्रममा भदौ २३ गते भएको घटनामा कारबाहीको माग गर्दै तत्कालीन प्रधानमन्त्री केपी ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दिएको जाहेरीलाई प्रहरीले जाँचबुझ आयोगमा पठाएको छ।

जेनजी आन्दोलनका मृतकका परिवारले दिएको जाहेरीलाई गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाइएको हो। जाहेरीको कार्यक्षेत्र जाँचबुझ आयोग हुने बताउँदै प्रहरीले जाहेरी दर्ता गर्न नमानेका हो। 

Hardik ivf

१९ जनाको ज्यान जानेगरी भएको बल प्रयोगको घटनालाई ‘सामूहिक हत्या’ भएको बताउँदै ओली र लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने माग राखेर जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी लगेका थिए।

गत भदौ २३ र २४ गतेको घटनामाथि अनुसन्धान गर्न सरकारले नै पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन भएको अवस्थामा भिन्नै रुपमा अनुसन्धान अघि बढाउन उपयुक्त नहुने निश्कर्षमा परिषर पुगेको छ। 

 

प्रकाशित मिति: १९:४८ बजे, मंगलबार, असोज २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्