बालेन र सुदनविरुद्ध जाहेरी दर्ता गर्न अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसरमा
नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने भएको छ। त्यसका लागि अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ।
काठमाडौं, असोज २१ : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रहरीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र हामी
नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने भएको छ। त्यसका लागि अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ।
नेरास्ववियुले तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा उनीहरूविरुद्ध उजुरी दिन लागेको हो।
जाहेरी लिएर पुगेका मध्ये केही विद्यार्थी नेताहरुसँग अहिले प्रहरीले छलफल गरिरहेको छ।
२४ भदौमा जेनजी आन्दोलनको क्रममा संसद्देखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो।
यसअघि आजै जेनजी अगुवाहरुले पूर्वप्रधानमन्त्री केपी ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायत नेताहरुलाई पक्राउ गर्ने माग गर्दै दिइएको जाहरीले भने प्रहरीले लिन अस्वीकार गरेको थियो।
प्रकाशित मिति: १७:२६ बजे, मंगलबार, असोज २१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![पशुपतिनाथ मन्दिरमा भक्तजनको ठूलो भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/coer-1771128930.jpg)

