Kathmandu Press

‘जेन–जी आन्दोलनको मर्मलाई आत्मसात् गर्दै पार्टी पुनर्गठनमा मार्गप्रशस्त गरियोस्’

जेन–जी आन्दोलनले दलमा नेतृत्वको हस्तान्तरण–पुस्तान्तरण सहज होस् भन्ने चाहेको र यो भावना नबुझ्दा परिणाम अझ बढी घातक हुने चेतावनी समेत उनीहरूले नेतृत्वलाई दिएका छन्।
‘जेन–जी आन्दोलनको मर्मलाई आत्मसात् गर्दै पार्टी पुनर्गठनमा मार्गप्रशस्त गरियोस्’

काठमाडौं, असोज २१ : एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीमा आवद्ध २८ जना युवा नेताले जेन–जी आन्दोलनको मर्म र भावनालाई आत्मसात् गर्दै पार्टी पुनर्गठनमा मार्ग प्रशस्त गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।

मंगलबार सामूहिक विज्ञप्ति प्रकाशित गर्दै तीन दलका युवा नेताहरुले उक्त माग गरेका हुन्। 

जेन–जी आन्दोलनले दलमा नेतृत्वको हस्तान्तरण–पुस्तान्तरण सहज होस् भन्ने चाहेको र यो भावना नबुझ्दा परिणाम अझ बढी घातक हुने चेतावनी समेत उनीहरूले नेतृत्वलाई दिएका छन्। सामुहितक विज्ञप्तिमा नेकपा (एमाले) केन्द्रीय सदस्य उषाकिरण तिम्सेना र अरबिन्द सिंहको समेत हस्ताक्षर छ। 

Hardik ivf

यस्तै, एकीकृत समाजवादीका अशेष घिमिरे, करूणा पराजुली, अखिल क्रान्तिकारीका उपाध्यक्ष विराज थापा, ममता अधिकारीलगायतको पनि हस्ताक्षर छ । 

युवा नेताको हस्ताक्षरमा भनिएको छ, ‘यो परिस्थिति अचानक आएको होइन। राजनीतिमा संस्थागत भएको भ्रष्टाचारका विरुद्ध राजनीतिक पार्टीका कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी, सञ्चारमाध्यम तथा देशभित्र र बाहिर रहेका नेपालीहरूबाट आवाज उठिरहेका थिए । राज्य र राजनीतिको जिम्मेवारीमा रहेकाहरूले ती आवाज नसुनेपछि कहीँ न कहीँबाट विद्रोह हुनु अनिवार्यजस्तै भएको थियो।’ 

उनीहरुले जेन–जीले नेपाली समाजको ज्वलन्त मागलाई लिएर सडकमा गएपछि त्यसले सबै नेपालीको समर्थन पाएको पनि बताएका छन् । विज्ञप्तिमा पार्टी र राज्य कब्जामा लिएपछि जे गरे पनि हुन्छ भन्ने राजनीतिक सम्भ्रान्तहरुलाई आन्दोलनले घुँडा टेकाएको पनि उल्लेख छ।

लामो समयदेखि राजनीतिक पार्टीहरुको सुधारका लागि सक्रियतापूर्वक लागिरहेका आफुहरुलाई यसले गहिरोसँग प्रभावित पारेको पनि उनीहरुले बताएका छन् । उनीहरुले जेन–जीको आन्दोलनलाई उच्च सम्मान रहेको समेत बताएका छन् । 

उनीहरुले जेन–जी आन्दोलनले राजनीति, प्रशासन र न्यायपालिका लगायत भ्रष्टाचार मुक्त, पारदर्शी र परिणाममुखी भएको देख्न चाहेको भन्दै आन्दोलनको माग र सन्देश स्पष्ट रहेको समेत बताएका छन् । 

सामुहितक विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिमा नेतृत्वको हस्तान्तरण–पुस्तान्तरण सहज तथा स्वाभाविक होस् भन्ने चाहान्छन् । तर मुख्य राजनीतिक दलका नेताहरूले अझै पनि उक्त सन्देश नसुनेझैं गरेका छन् । विभिन्न बाहाना गरेर फेरि पनि नेतृत्वमा रहने छलछाम गर्दैछन् । आन्दोलनको सन्देशलाई नसुन्नु वा नबुझ्नु घातक हुनेछ । यस्तो बाहानाबाजीले मुलुकलाई अझै ठूला दुर्घटनातर्फ धकेल्ने छ ।’ 

विज्ञप्तिमा नवयुवाको यस आन्दोलनमा घुसपैठ गरेर अनावश्यक आगजनी, तोडफोड र लुटपाट गर्नेहरूलाई स्वयं जेन– जीका जिम्मेवार प्रतिनिधिहरूले निन्दा गरेको उल्लेख गर्दै निश्पक्ष छानबिन आयोगको गठनको माग गरिएको पनि बताइएको छ । यसप्रति उनीहरुले पूर्ण समर्थन समेत जनाएका छन् । जेन–जी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको बताउँदै नयाँ निर्वाचनका लागि बनेको वर्तमान सरकारलाई सहयोग गर्नु पर्ने बताइरहेको पनि विज्ञप्तिमा जनाइएको छ । 

‘संविधानलाई असफल बनाउने र मुलुकलाई फेरि भूराजनीतिक दबाब र अस्थिरतातर्फ धकेल्ने कुनै पनि गतिविधिले यस आन्दोलनलाई बदनाम र असफल बनाउँछ भन्ने कुरामा उनीहरु सचेत देखिन्छन्,’ विज्ञप्तिमा उल्लेख छ । 

अग्रजहरूले करिब ९ दशकसम्म गरेको संघर्षक पछिल्लो प्रतिनिधि पुस्ताका रूपमा जेन–जीले आफूलाई उभ्याएको दाबीसमेत विज्ञप्तिमा गरिएको छ । विज्ञप्तिमा उनीहरूको यस्तो सुझबुझ र जिम्मेवारी बोधलाई आफूहरूले उच्च प्रशंसा गरेको र ऐक्यबद्धता प्रकट गरेको पनि उल्लेख गरिएको छ । 

 

प्रकाशित मिति: १७:१० बजे, मंगलबार, असोज २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्