Kathmandu Press

विपद् जोखिम न्यूनिकरणका लागि सिंहदरबारमा बैठक

बैठकले आवास विहीनहरूका लागि अस्थायी आवास निर्माणका लागि राहत दिने बिषयमा निर्णय गर्ने सम्भावना रहेको बताइएको छ।
विपद् जोखिम न्यूनिकरणका लागि सिंहदरबारमा बैठक

काठमाडौं, असोज २१ : विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बैठक बसेको हो।
  
बैठकमा विपद् उद्धार र राहतबारेमा केन्द्रित रहेको जनाइएको छ । बैठकले आवास विहीनहरूका लागि अस्थायी आवास निर्माणका लागि राहत दिने बिषयमा निर्णय गर्ने सम्भावना रहेको बताइएको छ। 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललगायत सहभागि छन् । बैठकपछि पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरिने भएको छ । 

 

प्रकाशित मिति: १५:५९ बजे, मंगलबार, असोज २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्