Kathmandu Press

बाढी पहिरोका कारण मृतकको संख्या ६० पुग्यो, १५ जना नाबालक

बाढीपहिरोबाट इलाममा १३ पुरुष १४ महिला र १० नाबालकसहित ३७ जनाले ज्यान गुमाएका छन्।
बाढी पहिरोका कारण मृतकको संख्या ६० पुग्यो, १५ जना नाबालक

काठमाडौं, असोज २० : अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न स्थानमा ज्यान गुमाउनेको संख्या ६० पुगेको छ।

प्रहरीका अनुसार बाढी पहिरोका कारण ११ जिल्लामा ६० जनाको ज्यान गएको हो। मृतकमध्ये १५ जना नाबालक छन् । बाढीपहिरोबाट इलाममा १३ पुरुष १४ महिला र १० नाबालकसहित ३७ जनाले ज्यान गुमाएका छन्। 

पाँचथरमा ३ पुरुष, ४ महिला र १ नाबालक, उदयपुरमा २ महिला र १ नाबालक, खोटाङमा २ पुरुष र सुनसरीमा १ पुरुषको ज्यान गएको छ।

यता रौतहटमा १ महिला र २ नाबालक, मोरङमा १ महिला, महोत्तरीमा १ महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोकमा १ नाबालक, काभ्रेमा २ महिला र सिन्धुलीमा १ जना महिलाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ। 

 

प्रकाशित मिति: १३:४७ बजे, मंगलबार, असोज २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्