Kathmandu Press

छिनछिनमा बत्ती जाने समस्या समाधान गर्न मन्त्री घिसिङको निर्देशन

अनुगमनपछि मन्त्री घिसिङले छिनछिनमा बत्ती जाने समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुलाई निर्देशन दिएका छन्।
छिनछिनमा बत्ती जाने समस्या समाधान गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं, असोज २१ : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका छन्। 

अनुगमनपछि मन्त्री घिसिङले छिनछिनमा बत्ती जाने समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुलाई निर्देशन दिएका छन्। देशका विभिन्न ठाउँबाट छिनछिनमा बत्ती जाने गरेको गुनासो आइरहेका बेला मन्त्री घिसिङ सोमबार साँझ काठमाडौंको स्यूचाटारस्थित भारप्रेषण केन्द्रको अनुगमन गरेका हुन्।

Hardik ivf

काठमाडौंको स्यूचाटारस्थित केन्द्रको सोमबार साँझ अनुगमन गरी मन्त्री घिसिङले देशभरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात, बाढी पहिरोबाट क्षति भएका विद्युत् आयोजनाहरु लगायतका विषयमा जानकारी लिएका थिए।

देशका विभिन्न ठाउँबाट छिनछिनमा बत्ति जाने गरेको गुनासो आइरहेको भन्दै प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका मन्त्री घिसिङले विद्युत प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन बनाउन आवश्यक नीतिगत एवम् प्रविधिक सुधारका विषयमा छलफल गरेका थिए।

उनले विद्युतगृह, प्रसारण लाइन तथा सबस्टेसनलाई पूर्ण क्षमतामा चलाउन,विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएका मस्र्याङ्दी करिडोर २२० केभी, हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण निर्माणमा विशेष ध्यान दिन, आगामी हिउँदयामको विद्युत् व्यवस्थापनमा लाग्न प्राधिकरण व्यवस्थापनलाई आग्रह गरे। 

प्राधिकरणका कार्यकारी मनोज सिलवाल र केन्द्रका निर्देशक चन्दन कुमार घोषले विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात, प्रणाली सञ्चालनको अवस्था तथा समस्यालगायतका विषयमा जानकारी गराएका थिए।

कार्यकारी निर्देशक सिलवालले बाढी, पहिरोले क्षति पुर्याएका संरचना मर्मत गरी विद्युत् सेवा चालू गराउन टोली तयारी अवस्थामा राखी सोही वमोजिम काम भइरहेको बताए।

 

प्रकाशित मिति: १०:४२ बजे, मंगलबार, असोज २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्