जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा

काठमाडौं, असोज २० : जेनजी आन्दोलनका घाइते ३० जनाले अझै अस्पतालमा उपचार गराइरहेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, त्रिवि शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, नेपाल प्रहरी अस्पतालमा एक जना र कीर्तिपुर अस्पतालमा एक जना उपचाररत छन्।
यस्तै, बी एन्ड बी अस्पतालमा तीन जना, विराट मेडिकल शिक्षण अस्पतालमा एक जना, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना गरी ३० जना अस्पतालमा उपचाररत छन्।
मन्त्रालयको विवरण अनुसार उपचारका लागि आएका घाइतेहरूको सङ्ख्या दुई हजार ३१६ रहेको थियो । ति मध्ये उपचारपश्चात् दुई हजार २३८ जना ‘डिस्चार्ज’ भइसकेका छन् ।
प्रकाशित मिति: १८:४५ बजे, सोमबार, असोज २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











