Kathmandu Press

माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे पनि छलफल

‘घोषित मितिमा निर्वाचन गर्न सकारात्मक भूमिका खेल्नेछौं। त्यसका लागि सम्बन्धित पक्षसँग छलफल अघि बढाउनेछौं,’ उनले भने।
माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे पनि छलफल

काठमाडौं, असोज २०: नेकपा माओवादी केन्द्रको सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको महाविधेशन आयोजक कमिटिको सचिवालय बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै घोषित मितिमै निर्वाचन गराउने पक्षमा सकारात्मक भूमिका खेल्ने निर्णय गरेको छ।

सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले निर्वाचन गराउने वातावरण बनाउन सम्बन्धित पक्षहरूसँग छलफल गरिने जानकारी दिए।

Hardik ivf

‘घोषित मितिमा निर्वाचन गर्न सकारात्मक भूमिका खेल्नेछौं। त्यसका लागि सम्बन्धित पक्षसँग छलफल अघि बढाउनेछौं,’ उनले भने।

बैठकले समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्यदिशाबारे सामान्य समीक्षा गरेको प्रवक्ता सापकोटाले बताए। उनका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा विस्तार र पार्टी एकता सम्बन्धी विषयमा बैठकमा बृहत् जानकारी गराएका थिए।

‘समाजवादी मोर्चालाई विस्तार गर्नेबारे छलफल भइरहेको छ। विचार मिल्ने पक्षसँग पार्टी एकताको सन्दर्भमा पनि सकारात्मक छलफल जारी छ,’ सापकोटाले भने।

बैठकमा आगामी दुई दिनपछि पुनः सचिवालय बैठक बस्ने र पार्टीभित्र र बाहिरका विषयहरूमा थप निर्णय लिने तयारी भएको जनाइएको छ।

यसैगरी बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा माओवादी रहेको बताए ।

उनले घोषित मितिमा चुनाव हुनुपर्ने बताउँदै आफ्नो पार्टी सक्रियतासाथ निर्वाचनमा भाग लिने बताए।

प्रकाशित मिति: १७:०६ बजे, सोमबार, असोज २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्