Kathmandu Press

पार्टीको नीति, सिद्धान्त र संगठनमा युवा पुस्तालाई आबद्ध गर्छौं : जसपा

पार्टीले विशेष कार्यक्रम र कार्यनीति तय गर्दै युवा पुस्तालाई आवद्ध गर्ने कार्यलाई कार्यान्वयन गर्न मातहत पार्टी समितिलाई परिपत्र जारी गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन्।
पार्टीको नीति, सिद्धान्त र संगठनमा युवा पुस्तालाई आबद्ध गर्छौं : जसपा

काठमाडौं, असोज २० : जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, कार्यक्रम, विचार, सिद्धान्त र संगठनमा युवा पुस्तालाई आबद्धता गर्ने भएको छ।

पार्टीले विशेष कार्यक्रम र कार्यनीति तय गर्दै युवा पुस्तालाई आवद्ध गर्ने कार्यलाई कार्यान्वयन गर्न मातहत पार्टी समितिलाई परिपत्र जारी गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन्।

‘जेनजी पुस्ताले आन्दोलनका दौरान उठाएका माग र मुद्दाहरु जसपा नेपालले पहिलादेखि नै उठाउँदै आएको धेरैजसो माग र मुद्दासँग मिल्दोजुल्दो नै छ। युवा पुस्ताहरुसँग सहकार्य गर्दै, उनीहरुलाई प्रोत्साहन र समावेशीकरण गर्दै अगाडि बढ्ने पार्टीको नीति रहेको छ,’ जसपा नेपालले भनेको छ।

आजका युवा नेतृत्व वर्गलाई राजनीतिक रुपले प्रशिक्षित, सिर्जनात्मक र चेतनशील बनाई संगठित गरी नेतृत्वदायी भूमिका खेल्न सहयोग र प्रोत्साहन गर्नुपर्ने पार्टीको निष्कर्ष रहेको छ।

प्रकाशित मिति: १७:०२ बजे, सोमबार, असोज २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्