Kathmandu Press

माओवादी केन्द्र निर्वाचनमा सहभागी हुने : दाहाल

उनले आफ्नो पार्टी माओवादी केन्द्र घोषित मितिमिा निर्वाचन हुनुपर्ने र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा रहेको बताए।
माओवादी केन्द्र निर्वाचनमा सहभागी हुने : दाहाल

काठमाडौं, असोज २० : माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुने बताएका छन्।
 
पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा सोमबार बसेको महाविधेशन आयोजक कमिटिको सचिवालय बैठकपछि दाहालले संचारमाध्यमसँग उक्त कुरा बताएका हुन्।

उनले आफ्नो पार्टी माओवादी केन्द्र घोषित मितिमिा निर्वाचन हुनुपर्ने र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा रहेको बताए। 

आगामी फागुन २१ गते तोकिएको चुनावका बिषयमा अरु राजनीतिक दलहरुसँग पनि कुराकानी भइरहेको दाहालले बताए।
 
सोमबारको बैठकमा देशभर भारी वर्षाका कारण कहाँकहाँ कति क्षति भयो भन्ने विषयमा जानकारी लिएर गर्नुपर्ने कामको विषयमा पनि बैठकमा छलफल गरिएको उनले बताए। 

बैठकपछि दाहालले भने, ‘घोषित मितिमिा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने हो। हाम्रो पार्टी सक्रियताको साथ निर्वाचनमा भाग लिन्छ र अघि बढ्छ । अन्य राजनीतिक दलहरुसँग पनि कुराकानी भइरहेको छ । मलाई लाग्छ केही समयपछि त्यसको परिणाम देखिन्छ।’

 

प्रकाशित मिति: १५:३३ बजे, सोमबार, असोज २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्