Kathmandu Press

कांग्रेसको विशेष महाधिवेशनका लागि हस्ताक्षर पेश गर्ने तयारी

विशेष महाधिवेशनका लागि गत असोज ६ बाट सुरु भएको हस्ताक्षर अभियान अन्तर्गत ४० प्रतिशत पुगिसकेको दाबी गरिएको छ।
कांग्रेसको विशेष महाधिवेशनका लागि हस्ताक्षर पेश गर्ने तयारी

काठमाडौं, असोज २० : नेपाली कांग्रेसको विशेष महाधिवेशनको मागसहित हस्ताक्षर पेश गर्ने तयारी गरिएको छ।

आगामी असोज २६ गते बस्ने गरी कांग्रेस केन्द्रीय समिति बैठक बोलाइएको छ। त्यसअघि नै हस्ताक्षर बुझाउने तयारी संस्थापन इतर नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापा पक्षको छ। 

विशेष महाधिवेशनका लागि गत असोज ६ बाट सुरु भएको हस्ताक्षर अभियान अन्तर्गत ४० प्रतिशत पुगिसकेको दाबी गरिएको छ। 

कांग्रेसको आसन्न केन्द्रीय समितिको बैठक र विशेष महाधिवेशनको बिषयमा छलफल गर्न सोमबारै नेता डा.कोइराला र महामन्त्री थापाविच भेट हुँदैछ । 

प्रकाशित मिति: १४:४८ बजे, सोमबार, असोज २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्