Kathmandu Press

पश्चिमी क्षेत्रबाट मनसुन क्रमशः बाहिरिन सुरु

पश्चिमी क्षेत्रबाट मनसुन क्रमशः बाहिरिन सुरु

काठमाडौं, असोज २० : जल तथा मौसम विज्ञान विभागले नेपालको पश्चिमी क्षेत्रबाट मनसुन क्रमशः बाहिरिन सुरु गरेको जनाएको छ।

विभागले सोमबार दिउँसो जनाए अनुसार पश्चिमी क्षेत्रबाट मनसुन क्रमशः बाहिरिन सुरु भएको छ।

मनसुन बाहिरिन शुरु भएपछि बर्षाको मात्रा पनि क्रमशः हट्दै जाने अपेक्षा गरिएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशसहित लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भेगका केही स्थानबाट मनसुन बाहिरिएको हो । 

 

 

प्रकाशित मिति: १४:४५ बजे, सोमबार, असोज २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्