Kathmandu Press

माओवादी केन्द्रको सचिवालय बैठक सुरु

महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहालको अध्यक्षमा बैठक बसेको हो।
माओवादी केन्द्रको सचिवालय बैठक सुरु

काठमाडौं, असोज २० : नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक शुरु भएको छ। 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले बैठक चलिरहेको छ। महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहालको अध्यक्षमा बैठक बसेको हो। 

बैठकमा माओवादीका शिर्ष नेताहरु सहभागि छन्। जेनजी आन्दोलनपछि अध्यक्ष दाहालले पार्टी केन्द्रीय कमिटी भंग गरी आफ्नै अध्यक्षतामा महाधिवेशन आयोजक समिति गठन गरेका छन्। 

आजको बैठकले महाविधेशन लगायत बिषयमा केही महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।   

 

प्रकाशित मिति: १४:३९ बजे, सोमबार, असोज २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्