Kathmandu Press

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन खुला

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन खुला

 काठमाडौं, असोज २० : नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन खुला भएको छ।

निरन्तरको वर्षापछि जोखिम बढेको भन्दै १८ गतेबाट बन्द  प्रयोग गरिएको सो सडकमा आज बिहान ६ बजेदेखि सवारी सञ्चालनका लागि खुला गरिएको हो।

Hardik ivf

जिल्ला प्रहरी कार्यालय चितवनले बाटेमा कुनै अवरोध नभए पनि सावधानीपूर्वक यात्रा गर्न भनेको छ। अझै बाटोमा ढुंगा खस्ने क्रम जारी रहेकाले जिल्ला प्रशासनले सावधानी अपनाउन भनेको हो।

चितवन भएर यात्रा गर्नेहरुलाई बेलुका ९ बजेभित्र चितवन आइसक्न र पोखरा वा काठमाडौंतर्फ जानेहरुलाई पनि राति ९ बजेभित्र चितवनको सिमानाबाट निस्किसक्न भनिएको छ ।

प्रकाशित मिति: ०७:५३ बजे, सोमबार, असोज २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्