आज कहाँ कहाँ पर्छ पानी?

काठमाडौं, असाेज २० : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ।
महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ।
यसैगरी कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू भागका स्थानमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राती कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहने महाशाखाल जनाएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मिति: ०७:२८ बजे, सोमबार, असोज २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![खाली गराइँदै मनोहरास्थित सुकुम्बासी बस्ती [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777112695.jpg)

![सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै नेपाल प्रहरी [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-4_5ac93181-1777097814.jpg)