Kathmandu Press

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त शर्मा पक्राउ  

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त शर्मा पक्राउ  

काठमाडौं, असोज १९ : जेनजी आन्दोलनकाक्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार रहेका नक्कली भुटानी शरणार्थी प्रकरणका एक अभियुक्त आइतबार पक्राउ परेका छन् । 

दाङको तुलसीपुर नगरपालिका–१६ घर भएका सन्देश शर्मालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो । शर्मालाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई ललितपुरको बखुण्डोलबाट पक्राउ गरेको हो।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगीमा संलग्न भएको आरोपमा शर्मामाथि मुद्दा दायर भएको छ ।

शर्मा अदालतले पुर्पक्षका लागी थुनामा राख्न गरेको आदेश अनुरुप थुनामा थिए । जेनजी प्रदर्शनको क्रममा उनी रास्वपा सभापति रवि लामिछानेसँगै कारागारबाट भागेका हुन् । 

 

प्रकाशित मिति: २०:१३ बजे, आइतबार, असोज १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्