Kathmandu Press

नेपालमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

नेपालमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

काठमाडौं, असोज १९ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा अविरल वर्षापछि भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

मोदीले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका हुन्। उनले नेपालमा भएको जनधनको क्षति पीडादायी भएको बताएका छन्। साथै, कुनै पनि सहयोग गर्न भारत सरकार प्रतिबद्ध भएको समेत मोदीको भनाई छ। 

मोदीले भनेका छन्, ‘एक मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिक्रियाकर्ताको रूपमा, भारत आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न प्रतिबद्ध छ ।’

मोदीले नेपाली जनता र सरकारको साथमा रहेको पनि बताएका छन् । ‘हामी यस कठिन समयमा नेपालका जनता र सरकारको साथमा छौं,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । शुक्रबार र शनिबारको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण आइतबार बेलुकासम्म ४९ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति: २०:०० बजे, आइतबार, असोज १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्