Kathmandu Press

तत्काल सडक खुलाउन र पुनर्निर्माण गर्न सरकार तत्पर छ : मन्त्री घिसिङ

उनले सबैको सतर्कताले मानवीय क्षति कम भएको पनि बताए। वर्षातका कारण आएको बाढीका कारण ठूलो मानवीय क्षति नभएको स्पष्ट पारे।
तत्काल सडक खुलाउन र पुनर्निर्माण गर्न सरकार तत्पर छ : मन्त्री घिसिङ

काठमाडौं, असोज १९ : ऊर्जा, भौतिक पुर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बर्षाका कारण बन्द रहेका सडक खुलाउने तयारी गरेको बताएका छन्।

दुई दिनको वर्षापछि भएको घटनाको बारेमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अब सडकहरू खोलिने बताएका हुन्। 

त्यस क्रममा उनले सबैको सतर्कताले मानवीय क्षति कम भएको पनि बताए। वर्षातका कारण आएको बाढीका कारण ठूलो मानवीय क्षति नभएको स्पष्ट पारे।

Hardik ivf

वर्षापछि आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा भौतिक क्षति पुगेको बताउँदै त्यसलाई सरकारले प्राथमिकताका साथ पुनर्निर्माण गर्ने जानकारी दिए।

सावधानी अपनाउन आग्रह

यता, असोज  १७, १८ र १९ गते देशभर भएको अविरल वर्षा र त्यसपछिका पहिरो तथा बाढीका घटनाका कारण देशका विभिन्न स्थानका सडकहरू अवरुद्ध भएकाले यसले यातायात सेवा प्रभावित पारिरहेको जनाइएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सावधानी अपनाउन आग्रह गरेको छ।

वर्षा र पहिरोका कारण देशका प्रमुख तथा सहायक सडकहरू बन्द हुँदा जनजीवन प्रभावित भएको छ  मन्त्रालयले घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, जोखिमयुक्त स्थानमा यात्रा नगर्न तथा आवश्यक सतर्कता अपनाउन आम नागरिकलाई अनुरोध गरिएको छ।

सडक विभागले प्रमुख अवरुद्ध सडकहरू खोल्नका लागि आवश्यक जनशक्ति, उपकरण र स्रोत परिचालन गरेको जनाएको छ । केही प्रमुख राजमार्गहरू खुलाउने कार्य तीव्र गतिमा भइरहेको मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति: १९:१८ बजे, आइतबार, असोज १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्