कोशी प्रदेशका प्रमुख सडक खण्डहरूमा अवरुद्ध, यात्रा जोखिमपूर्ण

माेरङ, असाेज १९ : लगातारको वर्षा र पहिरोका कारण कोशी प्रदेशका विभिन्न जिल्ला यातायातका लागि जोखिमपूर्ण बनेका छन्।
मेची, तमोर र कोशी करिडोरका मुख्य सडक खण्डहरूमा पहिरो झरेको, पानीको बहाव बढेको र सडक अवरुद्ध भएको छ।
प्रमुख अवरुद्ध सडकहरूः
पाँचथर : फाल्गुनन्द–३ (रमाईलो चोक, पौवा चोक, चिम्फुला), फिदिम–३, लालीखर्क, तुम्वेवा–२ (नावा खोला), फालेलुङ–८ (आकाशे भञ्ज्याङ), फिदिम–११ (फेमे खोला), याङवरक–२ (दोभाने खोला), याङवरक–३ (रिजाल भिर), फिदिम–१२ (पिपलबोटे)
उदयपुर : कटारी–१४ (दलदले सडक, चनौटे)
धनकुटा : साँगुरीगढी–१ (चनौटे, घण्टे, सिमसुवा), पाख्रिबास–४,–५ (पाख्रिबास, दिकुरे)
संखुवासभा : मकालु–३ (एकुवा)
सुनसरी : धरान–१३ (विष्णुपादुका)
इलाम : इलाम–९ (राजदुवाली)
धनकुटा र साँगुरीगढीका केही सडकहरू एकतर्फी सञ्चालनमा रहेका छन् । सडक अवरुद्धका कारण यातायात पूर्ण वा आंशिक रूपमा ठप्प भएको छ। स्थानीय प्रशासन, नेपाल प्रहरी र ट्राफिक प्रहरीले उद्धार, निगरानी र ढलान÷मर्मत कार्यमा खटिएका छन्।











![पशुपतिनाथ मन्दिरमा भक्तजनको ठूलो भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/coer-1771128930.jpg)
