Kathmandu Press

पहिरोले इलाममा २ जनाको मृत्यु, १० जना वेपत्ता

पहिरोले इलाममा २ जनाको मृत्यु, १० जना वेपत्ता

इलाम, असाेज १९ : पहिरोमा पुरिएर इलाममा दुई जनाको मृत्यु भएको छ । कम्तिमा १० जना बेपत्ता भएको स्थानीयले बताएका छन् ।

मानेभन्ज्याङ, देउमाई, इलाम नगरपालिका लगायतका स्थानमा घर पुरिएको प्रहरीले जनाएकाे छ। तर कठिन भूगोलका कारण प्रहरी पुग्न र तथ्यांक संकलन गर्न समस्या भइरहेको बताइएकाे छ।

Hardik ivf

इलामको इलाम नगरपालिका वडा नं. ६ घोसमा पहिरोले पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ। तीन जना बेपत्ता छन्। डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा २ बालबालिकाको मृत्यु भएको हो ।

घटनास्थलमा खोज तथा उद्धारको काम जारी छ।

प्रकाशित मिति: ०९:०० बजे, आइतबार, असोज १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्