Kathmandu Press

रातको समयमा काठमाडौं आवातजावत नगर्न जिल्ला प्रशासनजको आग्रह

‘काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं प्रवेश गर्ने महानुभावहरुले रातको समयमा यात्रा नगर्नु हुन अनुरोध छ।’
रातको समयमा काठमाडौं आवातजावत नगर्न जिल्ला प्रशासनजको आग्रह

काठमाडौं, असोज १७ : जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जरुरी सूचना जारी गर्दै रातको समयमा काठमाडौं आवातजावत नगर्न आग्रह गरेको छ।

मौसमी प्रतिकूलताको कारण दर्शाउँदै रातको समयमा आवतजाबत नगर्न उक्त आग्रह गरिएको हो। जिल्ला प्रशासनले अनावश्यक रूपमा यात्रा नगर्न समेत भनेको छ। 

Hardik ivf

सूचनामा भनिएको छ, ‘काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं प्रवेश गर्ने महानुभावहरुले रातको समयमा यात्रा नगर्नु हुन अनुरोध छ।’
 
असोज २० गतेसम्म आ–आफ्नो स्थानमा रही सतर्कता र सावधानी अपनाउन सूचनामार्फत सजग गराइएको छ । अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दूरीको यात्रा नगर्न भनिएको छ। 

यस्तै, विपद्को समयमा तत्काल कुनै प्रकारको उद्धार, सहयोग र राहत आवश्यक परेको खण्डमा जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न पनि सूचनामा भनिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार असोज २० गते सम्म काठमाडौंमा भारी वर्षा हुने सम्भावना औंल्याइएको छ। 

जिल्ला प्रशासन कार्यालयले वर्षाबाट जोखिमयुक्त स्थानहरुमा बाढी, पहिरो, भू–क्षय जस्ता विपतजन्य घटनाहरू घट्न सक्ने सम्भावना रहेको भन्दै रातको समयमा काठमाडौं आवातजावत नगर्न सूचना जारी गरेको हो। 

 

प्रकाशित मिति: १६:१७ बजे, शुक्रबार, असोज १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्