Kathmandu Press
दशैं लक्षित भाडा नियन्त्रण : आन्तरिक हवाई उडानको उच्चतम भाडादर तोकियो
दशैं लक्षित भाडा नियन्त्रण : आन्तरिक हवाई उडानको उच्चतम भाडादर तोकियो

काठमाडौं, असाेज १७ : दशैंको चापलाई लक्षित गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानको उच्चतम भाडादर सार्वजनिक गरेको छ । 

चाडपर्वको बेला वायु सेवा कम्पनीहरूले मनपरी भाडा उठाउनेक्रम रोक्न प्राधिकरणले अधिकतम भाडा सीमा निर्धारण गर्दै, त्यसभन्दा बढी शुल्क लिने कम्पनीलाई कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

Hardik ivf

सरकारबाट स्वीकृत भाडादरभन्दा बढी रकम लिएको पाइएमा वायु सेवा प्रदायक कम्पनीहरूमाथि कडा कारबाही गरिने प्राधिकरणले स्पष्ट पारेको छ ।

प्राधिकरणले तोकेको सूचीअनुसार सबैभन्दा बढी भाडा काठमाडौं–धनगढी उडानको १७ हजार ५७९ रुपैयाँ रहेको छ भने सबैभन्दा कम भाडा काठमाडौं–सिमरा उडानको ३ हजार ९७८ रुपैयाँ तोकिएको छ ।

चाडबाडको अवसर पारेर विगतमा हवाई कम्पनीहरूले सामान्यभन्दा दोब्बरसम्म भाडा असुलेको गुनासो आउँदा, यसपटक प्राधिकरणले अग्रिम रूपमा उच्चतम सीमा तोकेको हो ।

प्रकाशित मिति: १२:०० बजे, शुक्रबार, असोज १७, २०८२
प्रतिक्रिया दिनुहोस्