Kathmandu Press

महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना

महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना

जनकपुर, असाेज १७ : महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना भएको छ। दुर्घटनामा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय  चुल्हाइ चौधरी रहेका छन् ।  

घारीबथानबाट खैरमारा हुँदै काठमाडौं जानलागेको ना६ख १४६४ नम्बरको बस दुर्घटना हुदा पैदल यात्रुको घटना स्थलमा मृत्यु भएको र दुर्घटनामा २० जना भन्दा बढी बसमा सवार यात्रु घाइते भएको महोत्तरी प्रहरीले जनाएको छ।

Hardik ivf

घाइते भएकाहरुमध्ये केहिको अवस्था गम्भिर रहेकोे छ ।

दुर्घटनास्थलमा प्रहरी पुगेको छ। स्थानीयको सहयोगमा घाइतेहरुलाई उद्धार गरी अस्पताल पठाउने कार्य भइरहेको छ।

प्रकाशित मिति: ११:३७ बजे, शुक्रबार, असोज १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्