Kathmandu Press

आज दसैंको टीका, अधिकांश ठाउँमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी र स्थानीय वायुले प्रभाव पारिरहेको छ, जसको असर बिहीबार (टीकाको दिन) देखिन सक्छ।
आज दसैंको टीका, अधिकांश ठाउँमा वर्षाको सम्भावना

काठमाडौं, असोज १६ : दसैंको टीकाको दिन देशका धेरै ठाउँमा बदलीसहित वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी र स्थानीय वायुले प्रभाव पारिरहेको छ, जसको असर बिहीबार (टीकाको दिन) देखिन सक्छ।

बिहीबार दिनभरि देशभर सामान्यतया आंशिकदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागहरूमा तथा मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। 

Hardik ivf

बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्ने अनुमान छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने पूर्वानुमान छ।

बिहीबार रातिको समयमा पनि सबै प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ भने अन्य प्रदेशका केही स्थानहरूमा पनि थोरै वर्षा हुन सक्छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ।

टीकाको दिन यात्रा गर्दा मौसमको अवस्था विचार गर्न र आवश्यक सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ।

 

प्रकाशित मिति: १०:४१ बजे, बिहीबार, असोज १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्