Kathmandu Press

जेनजी आन्दोलनमा घाइते भएका दिपेन्द्र बस्नेतले पाए घाइते परिचयपत्र

बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकिय अधिकृत सुजनकुमार वर्देवाले अन्नपूर्ण न्युरो अस्पतालमै पुगेर घाइते दिपेन्द्र बस्नेत लगायत अरु घाइतेहरुलाई परिचयपत्र वितरण गरेका हुन्।
जेनजी आन्दोलनमा घाइते भएका दिपेन्द्र बस्नेतले पाए घाइते परिचयपत्र

काठमाडौं, असोज १५ : गत भाद्र २३ र  २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई नेपाल सरकारले घाइते परिचयपत्र वितरण गरेको छ।

बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकिय अधिकृत सुजनकुमार वर्देवाले अन्नपूर्ण न्युरो अस्पतालमै पुगेर घाइते दिपेन्द्र बस्नेत लगायत अरु घाइतेहरुलाई परिचयपत्र वितरण गरेका हुन्।

Hardik ivf

दिपेन्द्रको परिचयपत्र उनकी पत्नी संगीता बस्नेतले बुझेकी थिइन् । घाइते भएको २२ दिनपछि उनीहरुले घाइते परिचयपत्र पाएका हुन्।

जेन–जी आन्दोलनको पहिलो दिन– भदौ २३ गते प्रहरीको गोली लागेर ब्यारिकेडमा अडेस लागी दिपेन्द्र बस्नेत ढलेका थिए। दैलेख घर भएका दिपेन्द्र बस्नेतको हाल उनको उपचार जारी छ र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।

रोजगारीको सिलसिलामा काठमाडौंमा रहेका दैलेख भगवतीमाई गाउँपालिका–१ का २८ वर्षीय बस्नेतको टाउकोमा प्रहरीको गोली लागी गम्भीर घाइते भएका थिए। 

उनलाई तत्कालै माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको थियो । हाल उनको सोही अस्पतालमा उपचार भइरहेको  छ।

प्रकाशित मिति: १८:४७ बजे, बुधबार, असोज १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्