एकीकृत समाजवादीका महासचिव भुसालको दाबी- मुलुक बहुपक्षीय द्वन्द्वमा फस्दै छ
महासचिव भुसालका अनुसार अहिलेको नेतृत्वबाट दलहरू निर्वाचनमा नजाने र निर्वाचन गराउन नसकेपछि त्यतिबेला मुलुक अर्कै दिशामा जाने छ ।
काठमाडौं, असोज १३ : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुक बहुपक्षीय द्वन्द्वमा फस्ने संकेत देखिएको बताएका छन्।
समाजमा आक्रोश देखाएर असफल राष्ट्र बनाइन लागेको दाबी पनि भुसालले गरेका छन् । महासचिव भुसालका अनुसार अहिलेको नेतृत्वबाट दलहरू निर्वाचनमा नजाने र निर्वाचन गराउन नसकेपछि त्यतिबेला मुलुक अर्कै दिशामा जाने छ ।
सोमबार ललितपुरमा आयोजित पत्रकार भेटघाटका क्रममा भुसालले भने, ‘अहिलेकै अवस्थामा राजनीतिक पार्टीहरू जनतामा जान सक्दैनन् । समाजका पुराना, परम्परा र राष्ट्रवादी भनिने शक्तिहरू अरु संविधान विरुद्धमा गतिविधि सुरु गर्नेछन् ।’ उनले दलहरु नसुध्रिने हो भने नेपालका नराम्रा दिन अझै बाँकी रहेकोसमेत बताए ।
महासचिव भुसालले अर्थतन्त्र केही विचौलियाहरुको घरानामा मात्रै सिमित रहेको पनि बताए । राजनीतिक पार्टीहरुमा अझै सुधारको सम्भावना नदेखिएको चिन्ता व्यक्त गर्दै भुसालले यसका कारण अरु संकट थपिने स्थिति रहेको पनि बताए ।










![खाली गराइँदै मनोहरास्थित सुकुम्बासी बस्ती [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777112695.jpg)

![सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै नेपाल प्रहरी [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-4_5ac93181-1777097814.jpg)