Kathmandu Press

टुँडिखेलमा सेनाद्वारा फूलपाती बढाइँ गरिँदै

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने उक्त समारोहमा सेनाले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ।
टुँडिखेलमा सेनाद्वारा फूलपाती बढाइँ गरिँदै

काठमाडौं, असोज १३ : नेपाली सेनाले बडादशैँको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज दिउँसो फूलपाती बढाइँको आयोजना गर्दैछ।

समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ लेखिएको व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिने छ। फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ।

Hardik ivf

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने उक्त समारोहमा सेनाले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन्।

गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्रयायसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ। 

 

प्रकाशित मिति: ०८:५९ बजे, सोमबार, असोज १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्