Kathmandu Press

राष्ट्रपतिसँग वार्ता गर्न जेनजीहरुले बनाए समिति  

राष्ट्रपतिसँग वार्ता गर्न जेनजीहरुले बनाए समिति  

काठमाडौं, असोज १२ : राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न भन्दै जेनजीहरुले वार्ता समिति गठन गरेका छन्।  

वार्ता समितिमा पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लु गुप्ता, किशोरी कार्की, टीकाराम लिम्बू, योग्यता भण्डारी, कासिब मोहम्मद मिया, जेम्स कार्की, अर्पित कुँवर, दीपकजंग अधिकारी र, अभिषेक श्रेष्ठ रहेका छन् ।

समितिमा थप ३ जना भने घाइते र सहिद परिवारका सदस्य रहने जनाइएको छ । 

जेनजीहरु ऐक्यबद्ध रहेको बताउँदै अब राष्ट्रपतिसँग वार्ता गरेर अघि बढ्ने तयारीमा रहेको जानकारी पत्रकार सम्मेलनमार्फत दिइएको छ ।

उनीहरुले जेनजीका अगुवा नेता पुरुषोत्तम यादव र सुदन गुरुङसँग पनि कुरा गरेको जानकारी दिएका छन् । उनीहरुले चाँडै राष्ट्रपति पौडेलसँग छलफल गर्ने बताएका छन् ।

प्रकाशित मिति: १८:२० बजे, आइतबार, असोज १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्