Kathmandu Press

नेपालले एकपक्षीय रुपमा वार्ता समिति गठन गरेपछि एसभित्र चरम असन्तुष्टी  

नेपालले एकपक्षीय रुपमा वार्ता समिति गठन गरेपछि एसभित्र चरम असन्तुष्टी  

काठमाडौं, असोज १२ : नेकपा एकीकृत समाजवादीमा केन्द्रीय कमिटी बैठक नबोलाई एकपक्षीय रुपमा पार्टी एकताका लागि कार्यदल गठन गरपछि चरम असन्तुष्टी देखिएकोे छ ।

अध्यक्ष माधवकुमार नेपालले वरिष्ठ नेता बेदुराम भुसालको संयोजकत्वमा ३ सदस्यीय प्रमेश हमाल र प्रकाश ज्वाला सदस्य रहेको पार्टी एकता वार्ता समिति गठन गरेपछि असन्तुष्टी सतहमा आएको हो ।

Hardik ivf

माओवादी पार्टी एकताका लागि अध्यक्ष नेपालले ११ बुँदे सैद्धान्तिक आधार सार्वजनिक गर्दै वार्ता समिति गठन गरेका थिए । गत भदौ १० गते जारी गरेको ‘अपानि–५’ मा नेपालले समिति गठनबारे उल्लेख गरेका छन् । वार्ता टोलीले ११ बुँदे सैद्धान्तिक आधारमा छलफल गर्ने भनिएको थियो ।

 अध्यक्ष नेपालले सचिवालय बैठकको निर्णय भन्दै जारी गरेको अपानि र पार्टी एकताबारे गठित कार्यदलप्रति पार्टीमा चरम असन्तुष्टी देखिएको हो । समाजवादीका महासचिव घनश्याम भुसाललगायतका सचिवालय सदस्यहरूले पनि कार्यदलप्रति असन्तुष्टि जनाएका छन् । यस बिषयमा धारणा सार्वजनिक गर्न असन्तष्ट पक्षले पत्रकार सम्मेलन गर्निे भएको छ ।

पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले भने वार्ता टोली बृहत् वाम एकताका लागि अघि बढ्न गरिएको खुला पहलका रूपमा बुझ्नुपर्ने भन्दै नेपालको बचाउ गरेका छन् । 

उपाध्यक्ष खतिवडाका अनुसार माओवादीसँग मात्र नभएर बृहत् वाम एकताका लागि पहल गर्न वार्ता टोली गठन गरिएको हो । समाजवादीका अधिकाँस नेताहरू केन्द्रीय कमिटीको बैठक बोलाएर मात्र एकता प्रक्रिया अघि बढाउनुपर्ने पक्षमा उभिएका छन् ।

प्रकाशित मिति: १४:३८ बजे, आइतबार, असोज १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्