Kathmandu Press

फुलपाती भित्र्याइँदै

फुलपाती भित्र्याउन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको शुभ साइतमै फुलपाती भित्र्याइदैछ। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ।
फुलपाती भित्र्याइँदै

काठमाडौं, असोज १३ : आज घर घरमा फुलपाती भित्र्याइँदैछ। बडादशैंको सातौं दिन घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ।

फुलपाती भित्र्याउन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको शुभ साइतमै फुलपाती भित्र्याइदैछ। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ।

घर–घरमा हर्षबढाइँका साथ फुलपाती भित्र्याउँछन्। प्राचीन कालदेखि नै दरबार, कोट र घर–घरमा फूलपाती भित्र्याउने परम्परा छ। आधुनिक नेपाल निर्माणपछि गोरखाबाट फूलपाती ल्याएर हनुमानढोकामा भित्र्याउने चलन अझै कायम छ।

प्रकाशित मिति: ०७:१० बजे, सोमबार, असोज १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्