हिंसा वा कसैको घरलाई निशाना नबनाउन जेनजीलाई गुरुङको अपिल
उनले जेनजीहरुको आन्दोलन आशाको रहेको र घृणाको नभएको उनको भनाई छ । जेनजी आन्दोलन निर्माणको रहेको पनि उनले बताएका छन्।
काठमाडौं, असोज ११ : हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङले जेनजी पुस्तालाई हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान नभएको बताउँदै त्यसो नगर्न जेनजीहरुमा अपिल गरेका छन्।
निवर्तमान प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओलीले आफू बसेको घरलाई निशाना बनाइएको अभिव्यक्ति दिएपछि संयोजक गुरुङले यस्तो कार्य नगर्न जेनजीका नाममा अपिल गरेका हुन्। उनले कसैको घरलाई निशाना बनाउनु समस्याको समाधान नभएको बताएका हुन्।
‘मलाई थाहा छ अहिले भावना तीव्र छ र धेरैलाई निराशा महसुस भइरहेको छ। तर हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान होइन। यस्ता कार्यहरूले हाम्रो देशलाई अझै ठुलो क्षति पुर्याउन सक्छन् र हामी लडिरहेको सकारात्मक परिवर्तनलाई ओझेलमा पार्न सक्छन्,’ गुरुङले भनेका छन्।
उनले जेनजीहरुको आन्दोलन आशाको रहेको र घृणाको नभएको उनको भनाई छ । जेनजी आन्दोलन निर्माणको रहेको पनि उनले बताएका छन्।
‘सम्पूर्ण देशलाई देखाऔँ कि जेन जेड क्रोधले होइन, बुद्धिमत्ताले नेतृत्व गर्न सक्छ,’ उनले भनेकाछन् । साथै, सबैलाई शान्त र दृढ रहन पनि अपिल गरिएको छ।










![खाली गराइँदै मनोहरास्थित सुकुम्बासी बस्ती [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777112695.jpg)

![सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै नेपाल प्रहरी [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-4_5ac93181-1777097814.jpg)