Kathmandu Press

जेनजी आन्दोलनका घाइतेहरुलाई परिचय पत्र वितरणको तयारी 

गृहमन्त्रालयले घाइतेहरुको पहिचान र उपचारमा सहजीकरणका लागि परिचय पत्र वितरण गर्न थालेको हो। 
जेनजी आन्दोलनका घाइतेहरुलाई परिचय पत्र वितरणको तयारी 

काठमाडौं, असोज ११ : सरकारले आइतबारदेखि जेनजी आन्दोलनका घाइतेहरुलाई परिचय पत्र वितरण गर्ने भएको छ।

गृहमन्त्रालयले घाइतेहरुको पहिचान र उपचारमा सहजीकरणका लागि परिचय पत्र वितरण गर्न थालेको हो। 

घाइतेहरुको उपचारका लागि काठमाडौँ उपत्यका र बाहिर अस्पताल तोकेर जेनजी क्लिनिक सञ्चालन गर्ने तयारीमा सरकार रहेको छ। 

घाइतेहरुको वर्गिकरणका लागि उपचारका संलग्न चिकित्सको संयोजकत्वमा कार्यदल गठन गरिने छ। पुनः चेकजाँचका लागि घाइतेहरुलाई एम्बुलेन्स सेवा पनि उपलब्ध गराइने भएको छ। 

प्रकाशित मिति: १९:२२ बजे, शनिबार, असोज ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्