Kathmandu Press

घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन

शनिबार बीर अस्पतालसँगै रहेको ट्रमा सेन्टरमा जेनजी आन्दोलनका घाइतेहरुलाई भेट्दै उनले बिरामीहरुको उपचार राम्रै भइरहेको भन्दै उनीहरुलाई आन्दोलनको मागको बढि चिन्ता रहेको बताए। 
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन

काठमाडौं, असोज ११ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले घाइतेहरुलाई शरीरको भन्दा पनि आन्दोलनको माग पूरा हुन्छ कि हुँदैन भन्ने चिन्ता रहेको बताएका छन्। 

शनिबार बीर अस्पतालसँगै रहेको ट्रमा सेन्टरमा जेनजी आन्दोलनका घाइतेहरुलाई भेट्दै उनले बिरामीहरुको उपचार राम्रै भइरहेको भन्दै उनीहरुलाई आन्दोलनको मागको बढि चिन्ता रहेको बताए। 

‘बिरामीहरुको माग वा मुद्दा भनेको जेनजी आन्दोलनको माग हो। यसकै लागि लडेको हो। हाम्रो माग पूरा हुनुपर्छ भन्ने छ। उनीहरुको स्वास्थ्यको कुरा गर्ने हो भने उपचार राम्रै भइरहेको छ,’ उनले भने, ‘उहाँहरुलाई आफ्नो शरीरको चिन्ताभन्दा पनि आन्दोलनको माग पूरा हुन्छ कि हुँदैन भन्ने कुराको चिन्ता छ।’

मन्त्री पुनले ट्रमा सेन्टरमा दुईजना पढ्ने विद्यार्थी पनि रहेको भन्दै सन्चो भएपछि पढाइको विषयमा पछि जे गर्नुपरे पनि गर्न तयार रहेको आश्वासन दिएको बताए।

हालको लागि अन्तरिम सरकारले जे घोषणा गरेको छ, त्यही अनुसारको काम हुने पनि उनको भनाई छ। 
 
प्रकाशित मिति: १६:४५ बजे, शनिबार, असोज ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्