Kathmandu Press

म सरकारमा हुँदा भ्रष्टाचार गरिन्, गर्नपनि दिइनँ : केपी ओली

बडादशैंको अवसरमा गुण्डुमा युवा संघको खुला कार्यक्रममा बोल्दै उनले आफू सरकारमा हुँदा भ्रष्टाचार नगरेको र गर्न दिनु हुँदैन भन्ने संकल्पका साथ जनतालाई सेवा सुविधा दिनुपर्छ भन्ने कुरा सँधै जोड दिँदै आएको बताए। 
म सरकारमा हुँदा भ्रष्टाचार गरिन्, गर्नपनि दिइनँ : केपी ओली

काठमाडौं, असोज ११ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू सरकारमा हुँदा भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको दाबी गरेका छन्। 

बडादशैंको अवसरमा गुण्डुमा युवा संघको खुला कार्यक्रममा बोल्दै उनले आफू सरकारमा हुँदा भ्रष्टाचार नगरेको र गर्न दिनु हुँदैन भन्ने संकल्पका साथ जनतालाई सेवा सुविधा दिनुपर्छ भन्ने कुरा सँधै जोड दिँदै आएको बताए। 

वर्तमान समयमा कसैले देशको पक्षमा बोल्यो भने त्यसलाई ‘झोले’ भन्ने चलन नै चलिसकेको पनि उनको भनाई छ। 

‘कसैले देशको पक्षमा बोल्यो भने त्यसलाई झोले भन्ने चलन नै चलिसक्यो। ०७४ मा सरकार बन्यो त्यो सरकारले असाधारण दृष्टीकोणहरु प्रस्तुत गर्यो र तिनीहरुको कार्यान्वयन गर्दै गयो। शुसासन र विकासमा ध्यान केन्द्रित गर्यो। शुसासनको क्षेत्रमा धेरै कामहरु भए, विकासका क्षेत्रमा नयाँ नयाँ मोडल, तरिका र चिन्तनका अगाडि बढ्यौं,’ उनले भने, ‘भ्रष्टाचार उन्मुलन भयो भन्दिन म, तर सकेसम्म नियन्त्रण गर्यौं। म सरकारमा हुँदा आफूले  भ्रष्टाचार गरिन र सकेसम्म अरुलाई पनि गर्न दिएको छैन। फेरि पनि गर्दैनौं र गर्न दिँदैनौं भन्ने संकल्पका साथ जनतालाई सेवा सुविधा दिनुपर्छ भन्ने कुरा सँधै जोड दिँदै आएका छौं।’ 

प्रकाशित मिति: १४:४० बजे, शनिबार, असोज ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्