युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजुले दिइन् राजीनामा
पछिल्लो समयमा राजनीतिमा सक्रिय भएपछि आरजु राणाले विद्यालयबाट अलग हुने प्रस्ताव पनि गरेकी थिइन् । तर, डा। आरजु राणा देउवाको नाफा कमाउने व्यवसायका रूपमा दूष्प्रचार गरिएको निष्कर्ष युलेन्सको छ ।
काठमाडौं, असोज १० : निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी छिन्। अभिभावकको बैठकमा कांग्रेस नेतृसमेत रहेकी राणाले राजीनामा दिएकी हुन्।
काठमाडौं र ललितपुरको दुवै स्कूलबाट उनले राजीनामा दिएको बताइएको छ।
युलेन्सले फाउन्डेशनको बोर्ड अफ ट्रस्टीले डा. राणालाई शिक्षा ऐन अनुसार नै व्यवस्थापन समिति अध्यक्ष छानेको थियो। पछिल्लो समयमा राजनीतिमा सक्रिय भएपछि आरजु राणाले विद्यालयबाट अलग हुने प्रस्ताव पनि गरेकी थिइन् । तर, डा. आरजु राणा देउवाको नाफा कमाउने व्यवसायका रूपमा दूष्प्रचार गरिएको निष्कर्ष युलेन्सको छ ।
गत २४ भदौमा जेनजी आन्दोलनमा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो। स्कुल जलेर पूर्णरुपमा नष्ट भएको छ । तर, राणा युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष मात्र थिइन्।
भौतिक संरचना जलेर नष्ट भएकाले नयाँ ढंगले विद्यालय चलाउने योजना युलेन्सले बनाएको छ। युलेन्सले अब अभिभावकबाटै ट्रष्टी छान्ने छ।
स्कुलमा हाल अनलाइनबाट कक्षा संचालन भइ रहेको छ। १० देखि १२ कक्षा र आइबीको कक्षा दशैंपछि फेस टु फेस संचालन गर्ने तयारी स्कुलको छ। पूर्णरुपमा फेस टु फेस कक्षा ३–४ महिनाभित्र संचालन गर्ने योजना स्कुलको छ।












