भवनविहीन कोशी प्रदेशसभाको अधिवेशन अन्त्य
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अराजक समूहले प्रदेशसभा भवन र सचिवालयमा आगजनी गरेपछि विधायिकाको मूल आधार नै ध्वस्त भएको छ। सभाभवन पूर्णरूपमा नष्ट भइसकेको छ भने सचिवालय भवन समेत प्रयोगअयोग्य बनेको छ।-1758903532.jpg)
मोरङ, असोज १० : कोशी प्रदेशसभाको सातौँ तथा चालु बजेट अधिवेशन औपचारिक रुपमा अन्त्य भएको छ। तर यसपटक अधिवेशनको अन्त्य सामान्य प्रक्रियाबाट नभई भवनविहीन अवस्थाको बाध्यताले भएको हो।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अराजक समूहले प्रदेशसभा भवन र सचिवालयमा आगजनी गरेपछि विधायिकाको मूल आधार नै ध्वस्त भएको छ। सभाभवन पूर्णरूपमा नष्ट भइसकेको छ भने सचिवालय भवन समेत प्रयोगअयोग्य बनेको छ।
शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले चालु अधिवेशन अन्त्य गरी नयाँ कार्यालय खोजीको कार्यलाई तीव्रता दिने निर्णय गरेको छ।
कोशी प्रदेशमा बजेट पारित भइसके पनि कानुन निर्माणदेखि नीति छलफलसम्मका कार्यहरू रोकिएका छन्।
प्रकाशित मिति: २२:०४ बजे, शुक्रबार, असोज १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(7)-1765197040.jpg)







-(86)-1764936079.jpg)
