Kathmandu Press

माओवादी केन्द्रको बैठकमा उठ्यो महँगो घडी र विलासी ब्यागबारे प्रश्न

पन्तले बैठकमा लिखित प्रस्ताव पेस गर्दै अध्यक्ष प्रचण्डले लगाउने ६४ लाखको रोलेक्स घडी र छोरीले बोक्ने २८ लाखको लुई भिटन ब्यागको स्रोतमाथि प्रश्न उठाएका हुन्। 
माओवादी केन्द्रको बैठकमा उठ्यो महँगो घडी र विलासी ब्यागबारे प्रश्न

काठमाडौं, असोज १० : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले लगाउँदै आएको महँगो घडी र उनकी छोरी गंगा दाहालले बोक्ने गरेको विलासी ब्यागमाथि प्रश्न उठाइएको छ। 

केन्द्रीय सदस्य तथा सार्क इन्चार्ज रहेका लक्ष्मण पन्तले बैठकमा यस्तो प्रश्न उठाएका हुन् । पन्तले बैठकमा लिखित प्रस्ताव पेस गर्दै अध्यक्ष प्रचण्डले लगाउने ६४ लाखको रोलेक्स घडी र छोरीले बोक्ने २८ लाखको लुई भिटन ब्यागको स्रोतमाथि प्रश्न उठाएका हुन्। 

Hardik ivf

पन्तले पेस गरेको प्रस्तावमा मिडियामा आएका समाचार गलत भए मानहानिको मुद्दा दायर गर्न किन नसकेको भन्दै प्रश्नसमेत गरे। उनले महँगो घडी र विलासी ब्यागबारे संसदमा प्रश्न उठाउने नेपाली कांग्रेसका सांसद सुनील शर्माविरुद्ध समेत कानुनी कारवाहीमा जान समेत अध्यक्ष प्रचण्डलाई चुनौती दिएका छन्।

‘लामो समयदेखि अध्यक्षको ६४ लाखको रोलेक्स घडी र उहाँकी छोरीको २८ लाखको लुई भिटन ब्यागको विषय सार्वजनिक भएको छ। यदि मीडियामा आएको समाचार गलत हो भने तुरुन्तै सम्बन्धित मीडिया र सांसद सुनील शर्माविरुद्ध मानहानिको मुद्दा अध्यक्षका तर्फबाट दायर गरौं,’ केन्द्रीय सदस्य पन्तको प्रस्तावमा उल्लेख छ। 

पन्तले ती सामग्री उपहारकै रुपमा प्राप्त भए पनि त्यसलाई व्यक्तिगत रूपमा प्रयोग गर्नु नैतिक रूपमा गलत हुने दाबीसमेत गरेका छन्। 

पन्तको प्रस्तावमा पार्टीका नेताहरूको सम्पत्ति छानबिन, अजय सुमार्गीको ‘हेलो नेपाल’ प्रकरणमा राज्यलाई भएको करिब २० अर्ब नोक्सानी, जनमुक्ति सेनाको ‘पीएलए फन्ड’ को २ अर्ब ८२ करोडको हिसाबकिताब र विगत १८ वर्षमा पैसाको दृष्टीले आकर्षक मन्त्रालय सम्हालेका नेताहरूले आर्जन गरेको आर्थिक लाभको निष्पक्ष छानबिन गर्नुपर्ने मागसमेत राखेका छन्।

प्रकाशित मिति: १९:१५ बजे, शुक्रबार, असोज १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्