Kathmandu Press

सेवा निवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा कटौती

अनुत्पादक खर्च कटौती गर्दै मितव्ययिता कायम गर्ने बताउँदै मन्त्रिपरिषद्को गत असोज ५ गतेको निर्णयअनुसार सम्बद्ध निकायमा पत्राचार गरिएको छ। 
सेवा निवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा कटौती

काठमाडौं, असोज १० : सरकारले सेवा निवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई दिएको सुविधा कटौती गरेको छ।

अनुत्पादक खर्च कटौती गर्दै मितव्ययिता कायम गर्ने बताउँदै मन्त्रिपरिषद्को गत असोज ५ गतेको निर्णयअनुसार सम्बद्ध निकायमा पत्राचार गरिएको छ। 

अर्थ मन्त्रालयले निर्णय कार्यान्वयनका लागि भन्दै शुक्रबार गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई परिपत्र गरेको हो। सेवा निवृत्त भइसकेका पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई सवारी र सुरक्षाकर्मी फिर्ता गराउन भनिएको छ। 

पूर्व पदाधिकारीहरूलाई अबदेखि प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा सुविधा मात्र प्रदान गरिने भएको छ।

निर्णय अनुसार कानुन बमोजिम बाहेक उपलब्ध गराइएका सवारी साधन, जिन्सी सामान, सहयोगी तथा सुरक्षाकर्मीहरू तत्काल फिर्ता गर्नुपर्ने भएकोछ। 

यसैगरी, गैरकानुनी रूपमा उपलब्ध गराइएका अन्य सेवा सुविधाहरू पनि स्थगन हुने भएका छन् । पत्रअनुसार गृह र रक्षा मन्त्रालयले अब आफ्नो क्षेत्राधिकारभित्रका पूर्व पदाधिकारीहरूलाई दिइएका अतिरिक्त सुविधा फिर्ता लिने प्रक्रिया अघि बढाउनेछन्।

प्रकाशित मिति: २०:०८ बजे, शुक्रबार, असोज १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्