Kathmandu Press

बिमा प्राधिकरण अध्यक्षमा ओझालाई हटाएर शर्माको नियुक्ति 

शर्मा गत असोज ९ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार अध्यक्षमा नियुक्त भएका थिए। शर्माले अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन्।
बिमा प्राधिकरण अध्यक्षमा ओझालाई हटाएर शर्माको नियुक्ति 

काठमाडौं, असोज १० : बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

शर्मा गत असोज ९ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार अध्यक्षमा नियुक्त भएका थिए। शर्माले अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन्। शर्मा नेपाल सरकारका सहसचिव हुन्। 

शर्माले शुक्रबारै कार्यभार सम्हालेका छन्। यसअघि पत्रकार शरद ओझा अध्यक्षमा नियुक्त भए पनि विवादास्पद बनेपछि सरकारले न्यायिक छानविन समिति बनाएर हटाएको थियो।

सर्वोच्चमा परेको रिटमा ओझाको बिषयमा भएको निर्णय यथास्थितिमा राख्न अल्पकालिन अन्तरिम आदेशपछि ओझा प्राधिकरणमै फर्किएका थिए। 

उनलाई हाजिर नगर्न नवनियुक्त अर्थमन्त्रीले निर्देशन दिएका थिए। त्यसपछि विहीबार शर्मालाई अध्यक्ष नियुक्तीको निर्णय भएको थियो। 

प्रकाशित मिति: २०:०५ बजे, शुक्रबार, असोज १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्